समाचार
दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण
सुनछहरी गाउँपालिका वडा नं. ६ का दलित बालबालिकहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । फगाम वडा कार्यालयको आयोजनामा दलित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।चालु आर्थिक वर्षको दलित लक्षित कार्यक्रम अन्तरगत फगामका विभिन्न बिद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बालबालिकाहरुलाई सामाग्री हस्तारण गरिएको बताईएको छ । दलित बालबालिकाहरु आर्थिकरुपमा कमजोर भएकाले शिक्षामा केहि प्रोत्साहन गर्ने भन्दै झोला, कापि, कलमहरु वितरण गरिएको हो । वडामा रहेका करिब ४५ जना दलित बालबालिकाहरुलाई आज एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको वडा अध्यक्ष अमरजित पुनमगरले बताउनु भयो । दलित बालबालिकाहरुको शैक्षिक स्तरमा केहिमात्रामा भएपनि सुधार ल्याउन यस्तो कार्यको थालनि गरिएको अध्यक्ष पुनले बताउनु भयो ।
कार्यक्रममा बालबालिकाहरुको अभिभावकहरु समेत सहभागि भएका थिए । आफ्नो अभिभावकको रोहवरमा शैक्षिक सामाग्री वितरण गरिएको थियो । आर्थिकरुपमा कमजोर भएका दलित छात्र छात्राहरुलाई केहि साहयता मिल्ने बताईएको छ । पढाई प्रति थप अभिरुचि बढ्ने आशा पनि गरिएको छ । साथै सोहि कार्यक्रमका विच बालविकासका लागि फर्निचर, खेलौनाका सामाग्री पनि वितरण गरिएको छ । बालविकासमा अध्ययन गर्ने बालबालिकाहरुका लागि कार्पे, कुसन, विभिन्न प्रकारका खेलौना वितरण गरिएको छ भने दराज, कर्चि, कुसन, कार्पेट पनि हस्तान्तरण गरिएको छ ।
वडा अध्यक्ष अमरजित पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकि फगामका इन्चार्ज निम बहादुर राना, नेपाल राष्टिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक धन बहादुर पुन, जनता सुधार प्राविका प्रधानाध्यापक राम बहादुर झाकृ, शिक्षक रामलाल वि.क. लगाएतले बोल्नु भएको थियो ।खुम बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको संचालन वडा सचिव गन्ज बहादुर थापाले गर्नु भएको थियो । भोलि जेष्ठ नागरीक, महिला स्वयम सेविकाहरुलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।