FAQs Complain Problems

सुनछहरी गाउँपालिकाको संक्षिप्त परिचय

 

संघिय गणतन्त्र राज्य नेपालको लुम्बिनी प्रदेश अन्तर्गत  रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ । सातवटा वडाहरु रहेका ( सेरम, भित्री गाम, वाहिरी गाम, स्युरी , जैमाकसला , फगाम र जेलवाङ ) यस गाँउपालिकाको क्षेत्रफल २७७.६२ वर्ग कि.मि.  र जनसंख्या राष्ट्रिय  जनगणना २०७८ अनुसार १७२४१ जसमध्ये पुरुष: ८,२९० (४८.१%), महिला: ८,९५१ (५१.९%), कुल घरधुरी संख्या: ३,५८६, जनघनत्व: ६२ जना प्रति वर्ग किलोमिटर   रहेको छ l यस गाउँपालिकाको साक्षरता दर ७२.०९% रहेको छ, जसमा पुरुषको साक्षरता दर ८१.४३% र महिलाको ६३.४६% रहेको देखिन्छ। २०६८ को जनगणनाको तुलनामा यहाँको जनसङ्ख्या केही वृद्धि भएको पाइएको छ (२०६८ मा १६,०३४ थियो)। साविकका ६ वटा गाउ विकास समितिहरु मिलाइएर वनेको यस सुनछहरी गाँउपालिकाको सिमाना पुर्वमा वाग्लुङ पश्चिममा सुर्वणावर्ती गाँउपालिका ,रोल्पा नगरपालिका उत्तरमा रुकुम वाग्लुङ र दक्षिणमा लुंग्री गाँउपालिका र सुवर्णावर्ती गाँउपालिका रहेका छन । 

सुनछहरी गाउँपालिकाको Digital Infographic Profile:

 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
//