FAQs Complain Problems

सुनछहरी गाउँपालिका वडा नं. ५ बाट अनलाइन घटना दर्ता प्रणाली सेवाको सुरुवात

मिति २०७५ साल चैत्र २२ गते , सुनछहरी गा.पा

वडा नं. ५ को कार्यलय जैमाकसला रोल्पा 

सुनछहरी गाउँपालिका ५ नं. वडा कार्यलय बाट यहि मिति २०७५ चैत्र २२ गते का दिन गाउँपालिकामै पहिलो पटक  यसै वडाका नाराबाङ्ग निबासी श्री  लिल बहादुर बुढामगर /लिउला बुढा मगर का छोराछोरी हरु  रुपसिङ बुढामगर, दुजमन बुढामगर दिलकुमारी बुढामगर, मिनराज बुढामगर र टेकेन्द्र बुढामगर  को  अनलाइन घटना दर्ता प्रणाली मार्फत  जन्म दर्ता र यसै वडाको हाम्जा निबासी कमला बिकको पति ग्वाने कामी को मृत्यु दर्ता गरी  स्थानीय पन्जिकाधिकारी श्री राजेन्द्र बहादुर जी.सि ज्यूले प्रमाणपत्र प्रदान गर्दै  शुभारम्भ गर्नुभएको छ l

के हो  अनलाइन घटना दर्ता एबम सामाजिक सुरक्षा ब्यबस्थापन सूचना प्रणाली VERSP-MIS(Vital Event Registration & Social Protection Management Information System) ?

अनलाइनमा आधारित ,केन्द्विकृत (Centralized) सूचना प्रणाली  VERSP- MIS(Vital Event  Registration & Social Protection Manangement Information System)  हो l जसको प्रयोगबाट जन्म,मृत्यु विवाह, सम्बन्ध बिच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन व्यवस्थापनको लागि रास्ट्रिय परिचय पत्र तथा केन्दीय पंजीकरण विभागले देश भर सूचना प्रविधिको प्रयोग गरी निर्माण गरिएको एउटा बिधुतिय  सफ्टवेयर  प्रणाली हो जसको सुरुवात वि.स. २०७१/१२/११ देखि भएको थियो l

VERSP-MIS(Vital Event Registration & Social Protection Management Information System) व्यवस्थापन सूचना प्रणालीका विशेषताहरु

  • सेवाग्राहीस्वयमले अनलाईन मार्फत सूचना फारामभरी प्राप्त टोकन नं. तोकिएको समयमा सम्बन्धित वडा कार्यलयमा प्रमाण सहित पेश गर्न सकिनेछ । VERSP-MIS मार्फत प्रत्येक व्यक्तिलाइ नदोहोरिने गरी व्यक्तिगत परिचय पत्र नं. (Unique ID) उपलब्ध हुने छ । 
  • VERSP- MIS को प्रयोगबाट स्थानीय तहहरु वडा कार्यलयबाट घटना दर्ता गर्ने, प्रमाण पत्र जारि गर्ने, प्रतिवेदन तयार गर्ने जस्ता पञ्जीकरण सम्बन्धित सम्पूर्ण कार्यहरु गर्न सक्नेछन ।
  • जिल्ला समन्वय समितिबाट प्रतिवेदनहरु हेर्न र गाउँपालिकाबाट गरेका कार्यहरुको अनुगमन तथा मुल्यांकन अनलाइन मार्फतगर्न सकिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण व्यवस्थित गर्नको लागि उपयोगी हुने यस VERSP-MIS मा लाभग्राहीहरुको विवरण इन्ट्री गर्ने, नविकरण गर्ने, लगतकट्टा गर्ने तथा आवश्यक प्रतिवेदनहरु हेर्न, डाउनलोड गर्ने र प्रकाशन गर्ने कार्यहरु गर्न सकिने छ ।
  • बैंकमार्फत भत्ता वितरण गर्दा लाभग्राहीहरुको विवरण व्यवस्थि गर्न बैंकिग प्रणालीसंग भत्ता रकमको विवरण डिजिटल माध्यमबाट आदान प्रदान गर्ने व्यवस्था गरिएको छ । जसबाट लाभग्राहीहरुको प्रत्येक चौमासिकको एकमुष्ट विवरण आवश्यक रकम सहित बैंकहरुले प्राप्त गर्न सक्दछन भने बैंकहरुले तयार गरेका चौमासिकर वाषिर्क प्रगति विवरण MIS मार्फत सम्बन्धित स्थानीय तह र विभागले प्राप्तगर्न सक्दछन ।

VERSP-MIS(Vital Event Registration & Social Protection Management Information System) व्यवस्थापन सूचना प्रणालीले पार्ने प्रभाबहरु 

  • यस प्रणालीको प्रयोगबाट स्थानीय निकायहरुले परम्परागत रुपमा गर्दै आएको व्यक्तिगत घटना दर्ता गर्ने कार्यहरु व्यवस्थापन गर्न सहज पुर्याउने।
  • अनलाईन प्रविधिबाट व्यक्तिगत घटना दर्ता एबम सामाजिक सुरक्षाको कार्य गर्दा छिटो, छरितो ,पारदर्शी र प्रभावकारी हुने, घटना दर्ता दोहोरीन नदिन सजिलो गरि सूचना थाहा पाउने, लाभग्राही तथा सेवा ग्राहीको विवरण खोजेको वेलामा सजिलै पाउन सकिने आदि कार्यमा सहजता हुने छ l
  • हस्तलिखितबाट व्यक्तिगत घटना दर्ता तथा सामाजीक सुरक्षाको काम  गर्दा व्यक्तिको विवरण खोज्नुपर्दा सम्बन्धीत कागजपत्र खोज्ने प्रकृया झन्जटिलो, लाभग्राही र सेवा ग्राहीहरुको विवरण दोहोरीने सम्भावन तथा घटना दर्ता पहिले नै गरिसकेको भएपनी प्रतिलिपि नबनाई नयाँ बनाउन सूचना लुकाउने कार्य को अन्त्य हुनेछ l
  • सेवाग्राहीले कुनै कारणले प्रमाणपत्रको प्रतिलिपि लिन परेमा तुरुन्त लिन सक्ने छन l
  • सेवाग्राही स्वयमले सूचना फाराम भर्ने प्रबन्ध भएकोले स्थानीय निकायमा हुने कार्य वोझमा कमी हुने ।
  • यस प्रणालीबाट प्रत्येक व्यक्तिको विवरण सहित Unique ID -व्यक्तिगत परिचय नं. प्रदान गरिने हुदा उक्त विवरण निर्वाचण आयोग, रास्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द, नागरिकता सवारीचालक अनुमति पत्र, जस्ता  निकायहरुका लागि प्रमुख आधारको रुपमा रहने छ.l
  • सम्पूर्ण व्यक्तिगत घटनाहरु यस प्रणाली मार्फत दर्ता पश्चात राष्ट्रिय जनगणनाको आधार तथ्याङ्क -(data Base ) बन्ने छ l

नोट : अनलाइन घटना दर्ता सूचना फारम  लिंक http://public.docr.gov.np  वा  गाउँपालिका को वेबसाइट www.sunchhaharimun.gov.np Visit गरी वा गाउँपालिका को मोबाइल एप प्रयोग गरी  सेवाग्राहीस्वयमले अनलाईन मार्फत सूचना फाराम भर्न सक्नुहुनेछ l

 

 

 

 

आर्थिक वर्ष: